मङ्सिर ५, काठमाडौँ | इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । योसँगै ३ सय जना घाइते भएको बताइएको छ ।
समाचार एजेन्सी एएफपीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ४ मापन गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।