<p><b>मङ्सिर ६, रुपन्देही । </b>रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् ।<br></p><p>मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।</p><p>त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।</p>
रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण