मङ्सिर ७, रुपेन्देही । रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् ।
पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व एमाले नो भुसालले चार हजार ११४ मतसहति विश्वकर्मालाई पछ्याइरहेका हुन् ।
विश्वकर्मा पाँच हजार ३४८ मतसहित अग्रस्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी तीन हजार ८५१ मतसहित तेस्रो स्थानमा छन् ।
हालसम्म उक्त क्षेत्रमा २१ हजार २१० मतगणना भइसकेको छ ।