१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित

१० मंसिर २०७९, शनिबार ११:४५

मङ्सिर १०, हुम्ला | एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा(एमाले)का दल रावल हुनुहुन्थ्यो । 

लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभयो । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै बदर पाँच सय २४ भएको थियोे । 

हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनुभएको छ । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले  चार हजार छ सय ३० मत प्राप्त गर्नुभयो  । यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गर्नुभयो ।

यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो । 

शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का  नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी (जसपा) का  बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले  २१ मत प्राप्त गर्नुभयो । यस्तै एक सय १९ मत बदर भएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो