भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडा"/>

२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषणा

२०७३, ३१ भाद्र शुक्रबार ०३:४९

भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडामा भएको कार्यमविच मकवानपुरलाई नेपालको ३० औ साक्षर जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, विल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढन, लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बनाउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गर्नसक्ने लगाएतको सूचकहरु राखेर मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले बताए ।

साक्षर जिल्ला घोषणा भएसँगै अब मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत जनताहरु साक्षर भएको बताईएको छ ।

कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । मन्त्री डिआर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सभासदहरु अनन्त पौडेल, गणेश थापा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्दाशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विश्वकर्मा, मकवानपुरका दलका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ