भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्ति"/>
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बहिराहरुका लागि कम्प्युटर इन्जिनियरिङ कक्षा

२०७३, ३१ भाद्र शुक्रबार ०५:५३

भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्तिर्ण बहिराहरुलाई सहज भएको हो ।


बागलुङमा सञ्चालित धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा बहिरा बिद्यार्थीलाई लक्षित गरी तीन वर्षे कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषद (सिटिइभिटी)को आङ्गिक सम्बन्ध लिई विद्यालयले इन्जिनियरिङ कक्षा सञ्चालन गरेको हो । सुरुवातमा धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका कम्प्युटरतर्फका १७ जना मोरङको बिराट बहिरा विद्यालयबाट एसएलसी उत्तिर्ण    गरेका ११ जना बहिरा विद्यार्थी र कालिका कन्यामन्दिर मावि र बिद्यामन्दिर उच्च माविका एक(एक जना सुन्ने विद्यार्थीले अध्ययन सुरुवात गरेको विद्यालयका प्रअ मधुसुदन    निउरेले जानकारी दिए ।
    उनीहरु ३ बर्षे डिप्लोमा कक्षासकेपछि कम्प्युटर इन्जिनियरिङ जुनसुकै क्याम्पसमा उपल्लो तहमा अध्यन, अध्यापन तथा अन्य सरकारी निकायमा सेवा प्रवेश गर्न पाउँनेछन् । नेपालमा अन्यत्र कुनैपनि स्थानमा बहिरा बिद्यार्थीहरुको प्राविधिक धारबाट उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएपछि आफ्नै बिद्यार्थीहरुको उच्च शिक्षाको लागि कक्षा सञ्चालन गर्नुपरेको बिद्यालयका संस्थापक केबि राना मगरले    बताए ।
     पछिल्लो समय कम्प्युुुुुुुटर प्राबिधीकहरुको माग उच्च देखिएकाले कम्प्युटर बिषयकै प्राबिधिक कक्षा सञ्चालन गरेको रानाले बताए । उनका अनुसार नेपाल सरकारकातर्फबाट बिद्यालय तहसम्मको लागि सहयोग प्राप्त भएपनि उच्च शिक्षाको लागि सहयोग नभएकाले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदको आंगिक सम्बन्ध लिएर कक्षा सञ्चालन गरिएको बताए ।
    पहिलो चरणमा सिटीइभिटीले कक्षा व्यवस्थापन, प्रयोगशााला व्यवस्थापन गरि कक्षा सञ्चालन गर्न ४८ लाख रुपयौँ सहयोग गरेको छ । साथै हरेक बर्ष चार जना शिक्षकको तलब भत्ता सिटीभिटीले व्यवस्थापन गर्ने जनाइएको छ । साथै आंगिक भएकाले सिटीभिटीको बार्षीक बजेटबाटनै अन्य रकम व्यवस्थापन हुन सक्ने रानाले    बताए ।
    हाल ३० जना विद्यार्थीलाइ हरेक ६ महिनामा सेमेस्टर प्रणालीमार्फत परिक्षा लिइने र ३ बर्षसम्म ६ ओटा सेमेस्टरमा अध्यापन हुने सिटीभिटी ३ बर्षे कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषय संयोजक तथा शिक्षक कुलप्रसाद सापकोटाले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा