१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ दिनपछि बाजुरामा मतगणना सुरु

१५ मंसिर २०७९, बिहीबार १०:५३

मङ्सिर १५, बाजुरा | लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।


निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।

मंसिर ४ गते के भएको नाटेश्वरीमा ?

देशभर जस्तै एकवटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा पनि मंसिर ४ गते मतदान हुँदै थियो । तर सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढेपछि बाजुरा दिनभरि तनावग्रस्त रहयो । स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिकामा हवाई फायर गर्नुपरेको स्थानीय प्रशासनले बताउँछ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्र झनै तनावग्रस्त थियो । मतदान सकिने बेलामा मतदानस्थलमा फर्जी मत कसले खसायो ? भन्ने विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद चर्कियो । दुई पक्षीय झडप भयो । मतपेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको स्थानीय प्रशासनले बताउँछ । र, सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव अयडीको मृत्यु भयो । प्रहरीसहित केही घाइते भएका थिए । 

त्यसपछि जिल्लाको अवस्था झनै तनावग्रस्त बन्यो । सोही मतदान केन्द्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको चेतन अयडी नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि थिए । 

मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताबाट उनलाई घरमै गएर निर्घात कुटपिटपछि उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह