बजारवासीको सहक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बजारवासीको सहक"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीयवासीको लगानीमा कुश्माबजारमा सौर्य सडक बत्ती

२०७३, ३१ भाद्र शुक्रबार ०८:५५

भदौ ३१, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ । 

बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ । 

सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ । बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो । 

एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु एक लाख लागत लागेको छ । एउटा बत्तीले ३० मिटर वरपर उज्यालो दिने बताइएको छ । कुश्माबजारको पुरानोबजारदेखि लोकतान्त्रिक चोक, मैत्री चोक, शिवालय चोक, प्रगति चोकलगायतका क्षेत्रमा बत्ती विस्तार गरिएको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिनुभयो । 

स्थानीयवासीको सहभागिता गराउँदा उक्त सौर्य बत्तीको रेखदेख पनि हुने र दिगो रुपमा सञ्चालन हुने भएकाले स्थानीयवासीको सहभागिता गराइएको हो । 

बजारवासीले घरधुरीअनुसार आ–आफ्नो टोलमा बत्ती जडान गर्न न्यूनतम रु एक हजारदेखि रु दुई हजारसम्म तिरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । अहिले १७ वटा पोलमा जडान गरिसकिएको र बाँकी रहेका ठाउँमा विस्तारै जडान गर्दै लगिने बताइएको छ । 

सदरमुकामको बडागाउँ क्षेत्र, मुलुककै अग्ला तीनवटा पुल, यान्त्रिक पुल क्षेत्रमा पनि सौर्य बत्ती जडानको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

यसअघि विद्युत्बाट केही ठाउँमा सडक बत्ती जडान भए पनि विद्युत्भार कटौतीका बेला प्रभावकारी नभएपछि र अँध्यारो भएका बेला बजारमा आपराधिक घटना बढ्दै जान थालेपछि सौर्य बत्ती जडानको अवधारणा ल्याइएको हो । 

अहिले विद्युत्भार कटौतीको समयमा पनि सडक भने झलमल्ल हुने गरेको छ । अँध्यारोको मौका छोपेर गैरकानुनी क्रियाकलाप गर्नेका लागि सौर्यबत्तीले ठूलो भूमिका खेलेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– “सडकमा चौबीसै घन्टा बत्ती बलेपछि व्यापारीले समेत ढुक्कले सुत्न पाएका छन् ।’’ 

कुश्मा बजार, पातीचैर र वारिबेनीमा सिसी क्यामेरासमेत जडान भइसकेको भए पनि रातिको समयमा हुने गतिविधि थाहा पाउन समस्या भएका बेला नगरपालिकाको पहलमा सौर्य बत्ती जडान भएपछि सहज भएको जिप्रका पर्वतले जनाएको छ । 

अबदेखि कुश्मा बजारमा रातिको समयमा पनि आपराधिक र गैरकानुनी क्रियाकलाप गर्ने, होहल्ला गर्नेलाई सजिलै पक्राउ गर्न सकिने प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँले अपुग भएका ठाउँमा पनि सौर्य बत्ती जडान गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै