2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

महोत्सवमा एक करोड चौंतीस लाख सङ्कलन

भदौ ३१, लमजुङ । सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ । 

बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो । महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले रु एक लाख ५२ हजार दान गर्नुभएको विद्यालयका प्राचार्य रत्नमान श्रेष्ठले जानकारी दिनुभयो । 

विद्यालयमा यसै वर्षबाट सुरु गरिएको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन शैक्षिक महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट सङ्कलित रकमले विद्यालयमा १० कोठे छात्रावास निर्माण गरिने श्रेष्ठले बताउनुभयो । गत भदौ २३ गतेदेखि सुरु भएको महोत्सवमा एकसय आठ राष्ट्र शान्ति महायज्ञका सङ्कल्पकर्तावाचक गोविन्द शरण र वाचीका मिरादेवीले श्रीमद्भागवत कथावाचन गर्नुभएको थियो । 

महोत्सवमा हिन्दूबाहेक अन्य धर्ममा आस्था राख्नेले पनि दान तथा सहयोग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल