२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किराँत–राई बस्तीमा साकेला उधौलीको रौनक

२०७९, २३ मंसिर शुक्रबार ०३:२३

मङ्सिर २३, कटारी | पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार पूर्णिमादेखि औपचारिक रुपमा साकेलापर्व मनाउन सुरु भएको छ । 

किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ,  राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदैं छ । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याउने खुसीयालीमा मनाउने गरिएको राई संस्कृतिका अध्येता शुभराज राईले बताउनुभयो । 

प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा संस्कार संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभर छरिएर रहेका किराँतहरु आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको प्राध्यापक कुमारसिंह राई बताउनुहुन्छ । 

उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःखसुख साट्दै संस्कृति झल्काउने पोषाकमा साकेला नाच्ने गरिन्छ । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन् । त्यस्तै सुनुवारहरु ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । पछिल्लो समय युवापुस्तामा साकेलाउधौलीको आकर्षण बढ्दै गएको छ । आप्mनै वेशभूषामा ढोल, भ्mयाम्टाका साथ साकेलानाच नाच्दै टोल टोलमा किराँत युवायुवती यो पर्व मनाउन थालेका छन् । युवापुस्ताका लागि विभिन्न जिल्लामा किराँत राई यायोक्खाको आयोजनामा साकेला नाचको प्रशिक्षण नै आयोजना गरी साकेला नाचको विस्तार गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै