सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग"/>

2026-06-17 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु

2016-09-16

सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमामा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सक्रियता तथा आन्तरिक स्रोतबाट उक्त प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको हो । 


बिशेष गरी पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा गन्तव्य सम्म पुग्न गाडीको प्रतिक्षामा बस्ने यात्रु एवम् बटुवाहरुको समस्यालाई मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालय परिसर अगाडी प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको आन्तरिक कोषको करिब ५ लाखको लगानीमा प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको प्रहरी प्रमुख केसीले बताए । रातीको समयमा अन्य प्रतिक्षालय बस्दा अशुरक्षित हुने तथा गाडी इन्ट्री पोइन्टमा बस्दा आफू जाने गन्तव्यका लागि गाडी समेत सजिलै पाउन सकिने भएको हुँदा उक्त प्रतिक्षालय निर्माण गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । उहाँले प्यूठान र रोल्पा जिल्लाबाट आउने लामो दुरीका बसहरुका लागि रिफरेस सेन्टर नभएको अवस्थामा यो प्रतिक्षालयमा बिसराम गरेर जान सकिने समेत थापाले बताए । गोलाकार अकारमा खरको छानो भएको प्रतिक्षालय निर्माण भईरहेको छ । प्रतिक्षालय निर्माणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका दैनिक १० जना प्रहरी जवान परिचालन गरिएको छ । प्रतिक्षालय निर्माण भए पछि पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने सर्यौ यात्रुहरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ