सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु

३१ भाद्र २०७३, शुक्रबार ११:१५

सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।।

पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमामा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सक्रियता तथा आन्तरिक स्रोतबाट उक्त प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको हो । 


बिशेष गरी पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा गन्तव्य सम्म पुग्न गाडीको प्रतिक्षामा बस्ने यात्रु एवम् बटुवाहरुको समस्यालाई मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालय परिसर अगाडी प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको आन्तरिक कोषको करिब ५ लाखको लगानीमा प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको प्रहरी प्रमुख केसीले बताए । रातीको समयमा अन्य प्रतिक्षालय बस्दा अशुरक्षित हुने तथा गाडी इन्ट्री पोइन्टमा बस्दा आफू जाने गन्तव्यका लागि गाडी समेत सजिलै पाउन सकिने भएको हुँदा उक्त प्रतिक्षालय निर्माण गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । उहाँले प्यूठान र रोल्पा जिल्लाबाट आउने लामो दुरीका बसहरुका लागि रिफरेस सेन्टर नभएको अवस्थामा यो प्रतिक्षालयमा बिसराम गरेर जान सकिने समेत थापाले बताए । गोलाकार अकारमा खरको छानो भएको प्रतिक्षालय निर्माण भईरहेको छ । प्रतिक्षालय निर्माणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका दैनिक १० जना प्रहरी जवान परिचालन गरिएको छ । प्रतिक्षालय निर्माण भए पछि पुर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने सर्यौ यात्रुहरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य