२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा खिचरा महोत्सव हुने

२५ मंसिर २०७९, आईतवार ०२:४६

मङ्सिर २५, चितवन | चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । 

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताउनुभयो । उहाँले सीमान्तकृत जनजातिको मौलिक वेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, संस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक वेषभूषालाई प्राथमिकता दिएका हौँ ।”

महोत्सवमा अन्य आकर्षणका रूपमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत वेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, थारूलगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा नेपालभरिकै थारू पहिरनको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत रहेका छन् । 

महोत्सवलाई सफल बनाउन एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ उपसमिति बनाइएको छ । महोत्सव उद्घाटनको दिन खैरहनी–८ मगनीचोकबाट महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत वेषभ्रषासहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिनुभयो ।

थारू कल्याणकारिणीसभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले थारू समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो ।

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रूपमा आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले स्थानीय थारू युवा र व्यवसायीको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याइएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

महोत्सवमा प्रवेश शुल्क रु ५० तोकिएको छ । यस्तै महोत्सवमा एक सय २०  विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन् । संस्थापक महतोको अग्रसरतामा विसं २०७० मा दुईदिने खिचरा महोत्सवको सुरुआत भएको थियो । थारू समुदायले माघ १ गते भव्यरूपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह