2026-08-31 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा खिचरा महोत्सव हुने

मङ्सिर २५, चितवन | चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । 

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताउनुभयो । उहाँले सीमान्तकृत जनजातिको मौलिक वेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, संस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक वेषभूषालाई प्राथमिकता दिएका हौँ ।”

महोत्सवमा अन्य आकर्षणका रूपमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत वेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, थारूलगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा नेपालभरिकै थारू पहिरनको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत रहेका छन् । 

महोत्सवलाई सफल बनाउन एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ उपसमिति बनाइएको छ । महोत्सव उद्घाटनको दिन खैरहनी–८ मगनीचोकबाट महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत वेषभ्रषासहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिनुभयो ।

थारू कल्याणकारिणीसभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले थारू समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो ।

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रूपमा आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले स्थानीय थारू युवा र व्यवसायीको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याइएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

महोत्सवमा प्रवेश शुल्क रु ५० तोकिएको छ । यस्तै महोत्सवमा एक सय २०  विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन् । संस्थापक महतोको अग्रसरतामा विसं २०७० मा दुईदिने खिचरा महोत्सवको सुरुआत भएको थियो । थारू समुदायले माघ १ गते भव्यरूपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने