सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो।

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो।

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका ल"/>

2026-07-28 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै कन्सल्टेन्सीहरू!

मङ्सिर २६, काठमाडौँ | गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका लगायत आकर्षक कमाइ हुने मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए।

इजाजत नलिई सञ्चालन भएका कन्सल्टेसीहरूले वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न समयमा यस्ता उजुरी विभागमा परिरहने महानिर्देशक आचार्य बताउँछन्। वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले खुलेका यस्ता संस्थाको ठगी व्यापक हुँदै गएको पाइएको हो।

‘कन्सल्टेन्सीहरू शिक्षा मन्त्रालयसँग अनुमति लिएर खुल्छन्। यी हाम्रो क्षेत्रभित्र पर्दैनन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरिएको उजुरीका आधारमा मात्रै हामीले हेरेका हौं,’ महानिर्देशक आचार्यले भने, ‘यस्ता संस्थाको नियमन त शिक्षा मन्त्रालयले गर्नुपर्ने हो।’

कन्सल्टेन्सीबाट युवाहरू ठगिएका घटना दिनहुँ बढिरहेका छन्। कन्सल्टेन्सीले मोटो रकम असुलेर फरार हुने घटना पनि बढेकै छन्। तर शैक्षिक परामर्श संस्था वा ट्राभल एजेन्सीबाट ठगिएका कतिपय पीडितसँग ठगी पुष्टि हुने पर्याप्त प्रमाण नहुने समस्या छ। त्यस्तै कतिपय शैक्षिक परामर्श संस्थाका सञ्चालक ठगी गरेर फरार हुने भएकाले न्यायमा समस्या भइरहेको विभागको भनाइ छ।

कन्सल्टेन्सीको ठगी विरूद्धको उजुरी कहाँ गर्ने भन्ने विषयमा पनि निकै अन्यौलता देखिएको छ। सरकारी निकायहरूबीच समन्वय हुन सकेको छैन। समयसमयमा कन्सल्टेन्सीमाथि नियमन नहुँदा यस्तो ठगी अझ भयानक बन्दै गइरहेको छ। युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा, माल्टा, क्रोएसिया, रोमानियाजस्ता मुलुक पठाइदिने भन्दै प्रतिव्यक्ति पाँच लाखदेखि २० लाख रूपैयाँसम्म ठगी भइरहेको विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो