शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिबराज पन्थी । भदौ, ३१ देउखुरी । 
2026-06-17 03:45 AM
दाङ्ग - DNG

गढवाको जनता माविलाई झन्डै तीन लाखको कम्प्यूटर प्रदान

2016-09-16

शिबराज पन्थी । भदौ, ३१ देउखुरी । देउखुरी गढवा स्थीत जनता माध्यमिक बिद्यालयलाई क्रेयटिभ पोसीविलीटिज (सिपी) संस्थाले शुक्रबार गढवामा एक कार्यक्रमको आयोजना गरी झन्डै तीन लाख बराबरको सात थान डेक्सटप कम्प्यूटर प्रदान गरेको छ । 

संस्थाका दाङ जिल्ला कार्यक्रम संयोजक किरण शाहले सो बिद्यालयलाई सात थान कम्प्यूटर, एक प्रोजेक्टर र एक थान प्रिंन्टर गरी दुई लाख असी हजार बराबरका सामाग्री हस्तान्तरण गर्नु भएको हो । नेपाल अधिराज्यका चार वटा जिल्लामा बालवालिकाको शैक्षिक बिकासमा केन्द्रित भएर कार्यक्रम चलाईरहेको यस संस्थाले सोही बिद्यालयमा अध्ययनरत पैंतिस जना बिद्यार्थीहरुलाई सम्पुर्ण खर्च ब्यहोर्ने गरी निःशुल्क पठन– पाठन गराइरहेको बिद्यालयले जनाएको छ । प्रबिधीको चरम बिकास भईरहेको बर्तमान समयमा बिद्यार्थीहरुको प्राबिधिक ज्ञान सिपको बिकासका लागी निःशुल्क कम्प्यूटर बितरण गरिएको संयोजक शाहले बताए । सो अवसरमा शुभतारा बोर्डिङ स्कुलको ईको कलबले जनता माबिका पुर्व बिद्यार्थी गढवा–६ मानपुरका मृगौला पिडित रबिन चौधरीको उपचारका लागि ६ हजार पाँच सय पच्चीस रुपैयाँ नगद हस्तान्तरण गरेको छ । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रकमा सिपी संस्थाका कार्यक्रम संयोजक किरण शाह, नेपाली काँग्रेस गढवाका सभापति बालचन्द्र हमाल, एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गुणनिधि शर्मा, देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका अध्यक्ष हरि पोख्रेल, शुभतारा माबिका शिक्षक केशबबहादुर सिंह र शिक्षक अभिभावक संघका अध्यक्ष दिनमणि आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सहर्जीकरण बिद्यालयका प्राचार्य रामसुरत यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ