शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिबराज पन्थी । भदौ, ३१ देउखुरी । 
२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

गढवाको जनता माविलाई झन्डै तीन लाखको कम्प्यूटर प्रदान

३१ भाद्र २०७३, शुक्रबार १५:५४

शिबराज पन्थी । भदौ, ३१ देउखुरी । देउखुरी गढवा स्थीत जनता माध्यमिक बिद्यालयलाई क्रेयटिभ पोसीविलीटिज (सिपी) संस्थाले शुक्रबार गढवामा एक कार्यक्रमको आयोजना गरी झन्डै तीन लाख बराबरको सात थान डेक्सटप कम्प्यूटर प्रदान गरेको छ । 

संस्थाका दाङ जिल्ला कार्यक्रम संयोजक किरण शाहले सो बिद्यालयलाई सात थान कम्प्यूटर, एक प्रोजेक्टर र एक थान प्रिंन्टर गरी दुई लाख असी हजार बराबरका सामाग्री हस्तान्तरण गर्नु भएको हो । नेपाल अधिराज्यका चार वटा जिल्लामा बालवालिकाको शैक्षिक बिकासमा केन्द्रित भएर कार्यक्रम चलाईरहेको यस संस्थाले सोही बिद्यालयमा अध्ययनरत पैंतिस जना बिद्यार्थीहरुलाई सम्पुर्ण खर्च ब्यहोर्ने गरी निःशुल्क पठन– पाठन गराइरहेको बिद्यालयले जनाएको छ । प्रबिधीको चरम बिकास भईरहेको बर्तमान समयमा बिद्यार्थीहरुको प्राबिधिक ज्ञान सिपको बिकासका लागी निःशुल्क कम्प्यूटर बितरण गरिएको संयोजक शाहले बताए । सो अवसरमा शुभतारा बोर्डिङ स्कुलको ईको कलबले जनता माबिका पुर्व बिद्यार्थी गढवा–६ मानपुरका मृगौला पिडित रबिन चौधरीको उपचारका लागि ६ हजार पाँच सय पच्चीस रुपैयाँ नगद हस्तान्तरण गरेको छ । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रकमा सिपी संस्थाका कार्यक्रम संयोजक किरण शाह, नेपाली काँग्रेस गढवाका सभापति बालचन्द्र हमाल, एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गुणनिधि शर्मा, देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका अध्यक्ष हरि पोख्रेल, शुभतारा माबिका शिक्षक केशबबहादुर सिंह र शिक्षक अभिभावक संघका अध्यक्ष दिनमणि आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सहर्जीकरण बिद्यालयका प्राचार्य रामसुरत यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य