ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सि"/>
२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

सिसहनियाँको ज्ञानोदय माविमा प्रहरीको विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

३१ भाद्र २०७३, शुक्रबार १६:०३

ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी र विद्यार्थी बिच सहकार्य हुनु पर्ने बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा शुक्रवार ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवामा आयोजना गरिएकोे लागुऔषध दुव्र्यसनी, ट्राफिक नियम र चोरी डकैती न्युनिकरण विषयक सचेतना मुलक प्रशिक्षात्मक कार्यक्रममा बोल्दै सो कुरा बताए । साथै उनले पछिल्लो समय यता युवाहरु नै लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । यसै बीच प्रहरी प्रमुख वैदिकले परिवारले आफना छोराछोरीहरुलाई कुलतमा फस्न नदिन छोराछोरीको निगरानी गर्नु पर्ने समेत बताए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए ।


कार्यक्रममा सहभागी वक्ताहरुले प्रहरीहरु अव विद्यालय सँगै गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्र्न सुझाव समेत दिएका थिए । प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानध्यापक इन्द्रदेव चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका पुर्व प्रधानध्यापक प्रेमलाल चौधरी, प्रहरी जवान रमेशकुमार मल्ल र सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे लगायतका वक्ताहरुले बोलेका । एक सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षकमा प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिक रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । यसैबीच प्रहरी चौकीले दशै तिहार जस्ता चाडपर्वमा बढी मात्रमा अपराधिक घटना तथा चोरी डकैती हुने भएकाले पैदल, ग्रामिण, अटोमोवाइल र साइकल गस्ती र चेकजाँचमा समेत कडाई गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य