<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

दाङ जिल्लामै देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी उत्कृष्ट

३१ भाद्र २०७३, शुक्रबार १६:०९


सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी दाङ जिल्लामै उत्कृष्ट भएको छ । सिसहनियाँ स्वास्य चौकीको विहिवार वार्षिक लक्ष्य प्रगतिको समिक्षा गोष्ठीमा यस्तो जानकारी गराइएको हो । सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षता एवम् सिसहनयाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथ्यितामा भएको समिक्षा गोष्ठीमा निमित्त चौकीका इन्चार्ज नारायण राउतले प्रगति विवरण प्रस्तुत गर्दै यस आर्थिक वर्षमा सुत्केरी हुन आउनेलाई समस्या नहोस भन्नका लागि सुविधा सम्पन्न सुत्केरी आवस भवन निमार्ण गर्ने बताए । साथै उनले परिवार नियोजनका साधन प्रगोगकर्ताको सख्यामा वृद्घि गर्ने र र्आिर्थक वर्ष ०७२÷०७३ मा भएका कार्यक्रम तथा योजनामा सुधार गर्ने बताए । 

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, नेकपा माओवादी क्रान्तिकारीका भगवता शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, वडा नागरिक मञ्च वडा नं. १ का संयोजक विद्याशरण चौधरी र सिनियर अहेव खुमानन्द भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए कार्यक्रमको सञ्चालन अहेव शारदा बेल्वासेले गरेका थिए । हाल संस्थामा सुत्केरी गराउन आउने विरामीलाई नगद रु ५०० र पहाडी क्षेत्रकालाई थप यातायात खर्च वाफत ५०० गरी  १ हजार रुपैया र न्यानो लुगा समेत दिदै आएको छ । यसैगरी केन्द्रले क्षय तथा कुष्ठरोगको उपचार तथा परामर्श दिनुका साथै मनोपरामर्श केन्द र रिफरल सेन्टर समेत स्थापना भई काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य