शिबराज पन्थी । भदौ, ३१ देउखुरी । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।
२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

गढवाको वालकल्याणमा अभिभावक भेला सम्पन्न

३१ भाद्र २०७३, शुक्रबार १६:१२

 शिबराज पन्थी । भदौ, ३१ देउखुरी । देउखुरीको गढवा स्थीत बाल कल्याण आधारभूत बिद्यालयमा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामनोरथ यादवको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा स्रोत ब्यक्ति उपेन्द्र चालिसे र रामप्रसाद जैसीले बिद्यालयका प्राबिधिक कामहरु अगाडी बढाउन शिक्षा ऐनको आठौं संशोधन बमोजिम बिद्यालय ब्यवस्थापन समिति गठन प्रकृयाका बारेमा प्रकास पारेका थिए । 

कार्यक्रममा बिद्यालयका संस्थापक अध्यक्ष हुमाकान्त सुबेदी, शिक्षक अभिभावक संघका अध्यक्ष पटवारी यादव लगायतले बोलेका थिए । सो अबसरमा शिक्षाप्रेमी कमला परियारले १५ हजार राशीको असहाय अपाङ्ग अक्षयकोष घोषणा गरी नगद रकम समेत हस्तान्तरण गरेका थिए । भेलाले पार्वती पुलामी, कल्पना घर्ति महिला अभिभावक तथा पटवारी यादव र टोपलाल आचार्यलाई निर्बिरोध चयन गरेको छ । बिद्यालयका प्रधानध्यापक समेत गरी पाँचजनाको टोलीले तत्काल बैठकबसी चन्दादाता कमला परियार र हुकुमराज यादवलाई मनोनित गरेको छ । शिक्षा ऐनको आठौं संशोधन बमोजिम छानिएका अभिभावक मध्येबाट अध्यक्षको चयन गरीने गरी चार जना अभिभावक, दुईजना शिक्षाप्रेमी तथा चन्दादाताको मनोनित गर्ने र स्थानिय निकायको निर्बाचन पछि वडा अध्यक्ष समेत प्रअ सदस्य सचिव एवं एक जना शिक्षक प्रतिनिधि रहनेगरी ब्यबस्था गरिएको छ । भेलाको सहर्जीकरण बिद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य