२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ

१ पुष २०७९, शुक्रबार ०९:२०

पुस १, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।

दम्पतीको हत्यामा संलग्न आरोपमा  त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका बालकलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयकी डीआइजी किरण बज्राचार्यले बताइन् । मंसिर २६ मा बिहान ८ बजे दम्पती मृत अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय धादिङ र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घटनाबारे अनुसन्धान गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आरोपीहरुले मोबाइल लिनका लागी हत्या गरेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्याम बहादुर खत्री भन्छन्–‘मोबाइलको लागी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दै छौं ।’ त्रिपुरासुन्दरी गाउँपालिका–३ भदौरे घर भएका ३ जनालाई प्रहरीले निगरानीमा राखेर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा