पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ३, चितवन | </b>चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।<br></p><p>चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । </p><p> साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो |</p>

