नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्मा"/>
2026-08-29 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुर्खौदेखि गाँउमा खानेपानीको समस्या

नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्माणका काम र खानेपानिका योजना निर्माण भैरहेका बेला च्युडि गाँउका स्थानिय बासीले पुर्खौदेखि गाँउमा खानेपानिको समस्या झेलिरहेका हुन् । झण्डै १ सय ८० घरधुरी संख्या रहेको गाउमा हाल सम्म पनि एउटा मात्र खोनपानिको धारो रहेको छ । उक्त धारोपनि कुनै नँया योजना तथा सामाग्रिबाट मर्मत नभइ मुलको पानिमा पुरानै काठको नलि बनाइ धारो उभ्याइएको छ ।

घरघरमा धारा सहित सुद्ध खानेपानि र अनिवार्य सौचालयको कुरा तथा बहस उठिरहेको समयमा गाँउमा प्रयाप्त खानेपानि नै नभएपछि च्युडिबासिले दुख ब्यक्त गरेका छन् । पहिले निरन्तर आउने सोहि धारो हाल वर्षाको कारण दिनमा बढिमा २ घण्टा मात्र आउदा स्थानियबासिलाइ झनै समस्या थपिएको छ । स्थानिय बासी विमला राव्लले भन्नु भयो ः एक गाग्री पानी भर्नको लागि आधा घण्टा पर्खनु पर्छ, लाईन बस्दा बस्दै पानी भर्नकै लागि झैझगडा हुने गरेको छ ।   

यस्तो समस्या समधानको लागि पटक पटक माग गर्दा पनि सम्बन्धीत सरोकारवाला निकाय मौन रहेको उहाको तर्क छ । गाँउको तलिचौर सामुदायिक संस्थाका लेखापाल मिम रावतले गाँउमा एउटै धारो रहेकाले खानेपानीको व्यवस्थापन गर्न निकै समस्या भएको बताउनु भयो । पानिको अभावका कारण खाना पकाउन, लुगा धुन, सरसफाईका क्रियाकलाप गर्न र शौचालयको प्रयोग गर्न समेत समस्या भएको स्थानिय महिला विमला रावलले जानकारी दिनुभयो । जिल्लाको खानेपानि तथा सरसफाईका क्षेत्रमा थुपै्र सरकारी तथा गैरसरकारी कार्यालयले काम गरेपनि आफ्नो माग सम्बोधन नभएको उनिहरुले बताएका छन् ।

खानेपानीका क्षेत्रमा काम गर्ने निकायहरुले गाँउमा भएको पानिको समस्या बारे चासो नदिएको स्थानिय महिला रन्जिता रावलले आरोप लगाउनुभयो । उहाले भन्नु भयोः खानेपानी प्रयाप्त नहुदा गाउमा सरसफाईका क्रियाकलाप लगायत तरकारी खेती तथा सिचाई गर्न समेत समस्या भएको छ  । पानीका स्रोतहरु प्रसस्त भएपनि सदुपयोग गर्न नसकेर गाँउमा स्थानियले खानेपानीको समस्या झेल्नु परेको हो । सबैले सहयोग गरी गाँउको खानेपानि समस्या समाधान गरीदिन उहाको आग्रह छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो