नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्मा"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुर्खौदेखि गाँउमा खानेपानीको समस्या

१ आश्विन २०७३, शनिबार ०५:५२

नन्दराम जैशी | असोज १ जुम्ला | जुम्ला महाबैपाथरखोला गाविसको वडा नं ८ र ९ का स्थानियबासिले पुर्खौदेखि गाँउमा खानेपानीको समस्या झेलिरहेका छन । जिल्लामा धमाधम विकास निर्माणका काम र खानेपानिका योजना निर्माण भैरहेका बेला च्युडि गाँउका स्थानिय बासीले पुर्खौदेखि गाँउमा खानेपानिको समस्या झेलिरहेका हुन् । झण्डै १ सय ८० घरधुरी संख्या रहेको गाउमा हाल सम्म पनि एउटा मात्र खोनपानिको धारो रहेको छ । उक्त धारोपनि कुनै नँया योजना तथा सामाग्रिबाट मर्मत नभइ मुलको पानिमा पुरानै काठको नलि बनाइ धारो उभ्याइएको छ ।

घरघरमा धारा सहित सुद्ध खानेपानि र अनिवार्य सौचालयको कुरा तथा बहस उठिरहेको समयमा गाँउमा प्रयाप्त खानेपानि नै नभएपछि च्युडिबासिले दुख ब्यक्त गरेका छन् । पहिले निरन्तर आउने सोहि धारो हाल वर्षाको कारण दिनमा बढिमा २ घण्टा मात्र आउदा स्थानियबासिलाइ झनै समस्या थपिएको छ । स्थानिय बासी विमला राव्लले भन्नु भयो ः एक गाग्री पानी भर्नको लागि आधा घण्टा पर्खनु पर्छ, लाईन बस्दा बस्दै पानी भर्नकै लागि झैझगडा हुने गरेको छ ।   

यस्तो समस्या समधानको लागि पटक पटक माग गर्दा पनि सम्बन्धीत सरोकारवाला निकाय मौन रहेको उहाको तर्क छ । गाँउको तलिचौर सामुदायिक संस्थाका लेखापाल मिम रावतले गाँउमा एउटै धारो रहेकाले खानेपानीको व्यवस्थापन गर्न निकै समस्या भएको बताउनु भयो । पानिको अभावका कारण खाना पकाउन, लुगा धुन, सरसफाईका क्रियाकलाप गर्न र शौचालयको प्रयोग गर्न समेत समस्या भएको स्थानिय महिला विमला रावलले जानकारी दिनुभयो । जिल्लाको खानेपानि तथा सरसफाईका क्षेत्रमा थुपै्र सरकारी तथा गैरसरकारी कार्यालयले काम गरेपनि आफ्नो माग सम्बोधन नभएको उनिहरुले बताएका छन् ।

खानेपानीका क्षेत्रमा काम गर्ने निकायहरुले गाँउमा भएको पानिको समस्या बारे चासो नदिएको स्थानिय महिला रन्जिता रावलले आरोप लगाउनुभयो । उहाले भन्नु भयोः खानेपानी प्रयाप्त नहुदा गाउमा सरसफाईका क्रियाकलाप लगायत तरकारी खेती तथा सिचाई गर्न समेत समस्या भएको छ  । पानीका स्रोतहरु प्रसस्त भएपनि सदुपयोग गर्न नसकेर गाँउमा स्थानियले खानेपानीको समस्या झेल्नु परेको हो । सबैले सहयोग गरी गाँउको खानेपानि समस्या समाधान गरीदिन उहाको आग्रह छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने