असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने "/>
2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रेस सेन्टर नेपाल बैतडी अध्यक्षमा ढुङ्गाल

असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने नाराका साथ सम्पन्न सम्मेलनबाट मिलनप्रकाश ढुङ्गालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

शुक्रबार सदरमुकामस्थित दनपाको हलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा चन्द्रकान्त अवस्थी, सचिवमा गम्भीर दयाल, सहसचिवमा विमला भट्ट,  र कोषाध्यक्षमा प्रकाश भट्टलाई चयन गरेको छ । त्यसैगरी, सदस्यमा करुणाकर भट्ट, बसन्ती भट्ट, नविन अवस्थी, हरिशंकर जोशी, रिजु बराल चयन भएका छन् । जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमूख अतिथि एवम् प्रमूख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जिल्लामा क्रियाशील पत्रकारहरु र स्थानिय प्रशासनको सहकार्यमा उत्पीडनमा परेका जनताका समस्याको सम्बोधन हुनेगरेको भन्दै जिल्लामा प्रेस सोतन्त्रतामाथि चोट पु¥याउने कार्य हुन नदिने प्रतिबद्धता जनाउनु भयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रहरी प्रमूख डिएसपी बालनरसिह राणाले पत्रकार र प्रहरी सम्बन्ध सुमधुर रहनुपर्ने भन्दै पत्रकारितामा शुदताको खाँचो औल्याउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्ट अदित्यले प्रेस सेन्टर नेपाल   बैतडीको नयाँ नेतृत्वले निश्पक्षरुपमा उत्पीडित वर्गको लागि कलम चलाउने विश्वास व्यक्त गर्नु भयो । यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य गोकर्ण दयालले प्रगतिशिल तथा परिवर्तन चाहाने पत्रकारहरुको हकहितमा प्रेस सेन्टर नेपाल प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उद्यघाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रमूखख एवम् प्रतिनिधि, सरकारी एवम् गैरसरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संगठन तथा मिडियामा आवद्ध पत्रकार एवम् सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैविच, सम्मेलनबाट जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । पत्रकार माहासंघका अध्यक्ष नरेन्द्र भट्ट, उपाध्यक्ष गोकर्ण दयाल, लक्ष्मी विजले, भगिरथ अवस्थी, विरा गडाल, नरि बडु, महेश अवस्थी, अमर भट्टराईलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपालको आसन्न क्षेत्रिय र केन्द्रिय सम्मेलनको तयारी स्वरुप अहिले जिल्ला सम्मेलन सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई