विमल धामी | असोज १, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा गाविस–८ मा रहेको दीपज्योति रेडियो श्रोता समूहले साझेदारी विकास–विकासका लागि साझेदारी महिला नेतृत्व विकास सम्वन्धि ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहले ग्रामिण क्षेत्रका महिलालाई महिला अधिकार सम्वन्धि र महिलाले पनि नेतृत्वदायि भुमिका निर्वाह गर्न सकुन भन्ने उदेश्यले तालिम आयोजना गरेको हो ।
स्थानिय विकासका काम लगायत बिभिन्न ठाउँमा महिलाको सहभागिता निकै कम हुने हुनाले महिलालाई सशक्तिकरण पार्न बुधवार देखी शुक्रवार सम्म तालिम आयोजना गरेको समुहले जनाएको छ । दीपज्योति रेडियो श्रोता समुहका सहजकर्ता रामकुमारी रानाले भने महिलाहरुले आफ्नो हक अधिकारको बारेमा थाहाँ नपाएकै कारण महिला हिंसामा पर्नुपरेको बाउदै महिलाहरुलाई सचेत पार्न यस्तो तालिम आयोजना गरेको बताइन । बेल्डाँडी नगरपालिकाका सयुक्त वडा कार्यालयका वडा सचिव ध्रुवराज भण्डारीले सहभागिहरुलाई धन्यवाद दिदै भने बेल्डाँडीमा हालसालै प्रत्येक वडामा महिला सञ्जाल गठन गरिएको र छिट्टै नगर स्तरिय महिला सञ्जाल गठन गर्नमा सहयोग गर्ने बताउदै महिलाको हक अधिकार सुनिच्छित गर्नमा आफु कहिलै पछाडी नहट्ने कुरा बताउनु भयो । उनले भने यास्ता क्षमता अभिबृद्धी तालिम रौतेलीमा अति आवस्यक भएको र आफुहरुले पनि आगामी दिनहरुमा यस्ता क्षमता विकासका तालिम आयोजना गर्ने पुर्ण प्रयास गर्ने जानकारी गराए ।
उक्त कार्यक्रमको सहजिकरण अधिवक्ता नरेन्द्र सिहले गरेका थिए । सहभागि महिलाहरुले भने यो तालिमले हामीलाई निकै फाईदा भएको र आगामी दिनहरुमा बेला बेलामा यस्ता तालिम आयोजना गरे आफुहरुको जिवनमा सकारात्मक परिर्वतन आउने बिचार ब्यक्त गरे । ग्रामिण भेगका सहभागि महिलाले भने यस्तो तालिम हामीले कहिलै नपाएको र यो तालिमले हामी सबैका आखाँ खोलिदिएको बताए । आगामी दिनमा पनि लक्षित महिलाका लागि तालिम दिनु पर्नेमा जोड दिएका थिए ।