असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

औषधि विक्रीमा बिलसहित छुट दिने जिल्लामा एउटै औषधि पसल

१ आश्विन २०७३, शनिबार ०७:३८

असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट दिने पसल पनि छ भन्दा विश्वास नलाग्न    सक्छ ।
     औषधिको विक्रीमा छुट दिने पर्वतमा एक मात्र औषधि पसल साझा औषधि पसल हो । यो औषधि पसल जिल्ला अस्पतालको हाताभित्र छ । यो पसलबाट थोरैमा पनि ५ प्रतिशत छुटमा विल सहित सवैखाले औषधि खरीद गर्न सर्वसाधारणले सक्दछन् ।
    सर्वसाधारणले औषधि खरीद गर्दा कति डोज, औषधि उपभोग्य म्याद अवधि, मूल्य, उत्पादक कम्पनि लगायत कुनै पनि कुरामा चासो राख्ने नगर्दा पनि नीजि औषधि पसललेहरुलाई फाइदा लिन प्रोत्साहन मिलेको सरोकारवालाहरु बताउँछन् ।
     जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले भनेका थिए,‘विरामीहरुले अनावश्यक औषधि झोलाभरि ल्याएका हुन्छन् । मैले फाल्नुपर्छ ।’ पर्वतको सदरमुकाम कुश्मा र आसपासका पर्वत मेडिकल हल लगायत केही औषधि पसललेहरुले कानून विपरित विरामी चेकजाँच गर्ने, आफूखुशी झोलाभरि औषधि विक्री गर्ने र एक्स रे लगायतका सेवा गर्दै आएको विषय यतिखेर सनसनी बनेको छ । औषधि उत्पादक कम्पनि मध्ये जुन कम्पनिले बढी मुनाफा दिन्छ, सोही औषधि विक्री गर्नमा औषधि विक्रेताले रुचि राख्दै आउने चर्चा छ । अझ जुन औषधिमा बढी मुनाफा मिल्छ , सोही औषधि उत्पादक कम्पनिका औषधि विक्री गर्न औषधि पसलेलेहरुले रुचि        राख्दै आएको पाइन्छ ।
    स्वास्थ्य सेवाका नाममा औषधि पसलेले भिडियो एक्स रे, एक्स रे, ईसिजी जस्ता सेवा कानूनी स्वीकृति नै नलिई संचालन समेत गर्दैछन् । औषधि पसललेहरुले गर्दै आएको कानून विपरितको कमाउधन्दा र स्वास्थ्यमाथिको गंम्भीर खेलवाड निरन्तर समाचार बनिरहेको छ । समाचारले सनसनी मच्चाएसँगै सर्वसाधारण स्वास्थ्य    परीक्षण गर्नुपरेमा जिल्ला अस्पतालतिर जान थाले । अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने सर्वसाधारणको संख्या दैनिक वृद्धि भएको छ । अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आवश्यक परेमा मात्र डाक्टरको प्रेस्क्रिप्सन सहित सस्तो मूल्यमा साझा औषधि पसलबाट औषधि किन्ने     सर्वसाधारणको संख्यामा समेत उल्लेख्य वृद्धि छ ।
    साझा औषधि पसल नेपाल सरकारको अर्ध स्वामित्वमा संचालित पसल हो । साझा औषधि पसलले सस्तोमा औषधि विक्री गर्दा खासगरी गरीव र मध्यम बर्गका सर्वसाधारणलाई बढी राहत मिलेको छ । गरिवी तथा     सहकारी मन्त्रालय अन्तर्गत संचालित साझा पसलले सस्तो र गुणस्तरीय औषधि विक्री गर्दै आएको औषधि पसल संचालक कृष्णराज दाहालको दावी छ । यदि औषधि बढी भएका सहजै फिर्ता समेत गर्न सकिन्छ । पसलले सर्जिकल सामानहरुमा निकै नै कम लाभ राखेर विक्री गर्ने हुँदा नीजि क्लिनिकमा भन्दा सस्तो पर्ने बताइएको छ ।
    साझा औषधि पसलले छुटमा औषधि विक्री गर्ने हुँदा नीजि औषधि पसलले विरामीलाई झुक्याएर बढी मूल्यमा विक्री गर्ने सम्भावनालाई कम भएको समेत बताईन्छ । औषधिमा मूल्यदर नियन्त्रण गर्न पनि सहयोग पुग्ने विश्वास साझा पसलको छ । साझा पसलले अस्पताललाई भाडा वापत औषधि विक्रीको ३ प्रतिशत बुझाउदै आएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिव पौडेल बताउँछन् । विक्रीको ३ प्रतिशतले सरदर २० हजार पर्न आउने बताईन्छ । कुश्मा बजार क्षेत्रमा ९ सहित जिल्लाभर हालसम्मको रेकर्ड अनुसार करीव दुई दर्जन औषधि पसलहरु रहेको जिल्ला अस्पतालका प्रशासन अधिकृत पोषनाथ शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने