असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

औषधि विक्रीमा बिलसहित छुट दिने जिल्लामा एउटै औषधि पसल

२०७३, १ आश्विन शनिबार ०७:३८

असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट दिने पसल पनि छ भन्दा विश्वास नलाग्न    सक्छ ।
     औषधिको विक्रीमा छुट दिने पर्वतमा एक मात्र औषधि पसल साझा औषधि पसल हो । यो औषधि पसल जिल्ला अस्पतालको हाताभित्र छ । यो पसलबाट थोरैमा पनि ५ प्रतिशत छुटमा विल सहित सवैखाले औषधि खरीद गर्न सर्वसाधारणले सक्दछन् ।
    सर्वसाधारणले औषधि खरीद गर्दा कति डोज, औषधि उपभोग्य म्याद अवधि, मूल्य, उत्पादक कम्पनि लगायत कुनै पनि कुरामा चासो राख्ने नगर्दा पनि नीजि औषधि पसललेहरुलाई फाइदा लिन प्रोत्साहन मिलेको सरोकारवालाहरु बताउँछन् ।
     जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले भनेका थिए,‘विरामीहरुले अनावश्यक औषधि झोलाभरि ल्याएका हुन्छन् । मैले फाल्नुपर्छ ।’ पर्वतको सदरमुकाम कुश्मा र आसपासका पर्वत मेडिकल हल लगायत केही औषधि पसललेहरुले कानून विपरित विरामी चेकजाँच गर्ने, आफूखुशी झोलाभरि औषधि विक्री गर्ने र एक्स रे लगायतका सेवा गर्दै आएको विषय यतिखेर सनसनी बनेको छ । औषधि उत्पादक कम्पनि मध्ये जुन कम्पनिले बढी मुनाफा दिन्छ, सोही औषधि विक्री गर्नमा औषधि विक्रेताले रुचि राख्दै आउने चर्चा छ । अझ जुन औषधिमा बढी मुनाफा मिल्छ , सोही औषधि उत्पादक कम्पनिका औषधि विक्री गर्न औषधि पसलेलेहरुले रुचि        राख्दै आएको पाइन्छ ।
    स्वास्थ्य सेवाका नाममा औषधि पसलेले भिडियो एक्स रे, एक्स रे, ईसिजी जस्ता सेवा कानूनी स्वीकृति नै नलिई संचालन समेत गर्दैछन् । औषधि पसललेहरुले गर्दै आएको कानून विपरितको कमाउधन्दा र स्वास्थ्यमाथिको गंम्भीर खेलवाड निरन्तर समाचार बनिरहेको छ । समाचारले सनसनी मच्चाएसँगै सर्वसाधारण स्वास्थ्य    परीक्षण गर्नुपरेमा जिल्ला अस्पतालतिर जान थाले । अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने सर्वसाधारणको संख्या दैनिक वृद्धि भएको छ । अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आवश्यक परेमा मात्र डाक्टरको प्रेस्क्रिप्सन सहित सस्तो मूल्यमा साझा औषधि पसलबाट औषधि किन्ने     सर्वसाधारणको संख्यामा समेत उल्लेख्य वृद्धि छ ।
    साझा औषधि पसल नेपाल सरकारको अर्ध स्वामित्वमा संचालित पसल हो । साझा औषधि पसलले सस्तोमा औषधि विक्री गर्दा खासगरी गरीव र मध्यम बर्गका सर्वसाधारणलाई बढी राहत मिलेको छ । गरिवी तथा     सहकारी मन्त्रालय अन्तर्गत संचालित साझा पसलले सस्तो र गुणस्तरीय औषधि विक्री गर्दै आएको औषधि पसल संचालक कृष्णराज दाहालको दावी छ । यदि औषधि बढी भएका सहजै फिर्ता समेत गर्न सकिन्छ । पसलले सर्जिकल सामानहरुमा निकै नै कम लाभ राखेर विक्री गर्ने हुँदा नीजि क्लिनिकमा भन्दा सस्तो पर्ने बताइएको छ ।
    साझा औषधि पसलले छुटमा औषधि विक्री गर्ने हुँदा नीजि औषधि पसलले विरामीलाई झुक्याएर बढी मूल्यमा विक्री गर्ने सम्भावनालाई कम भएको समेत बताईन्छ । औषधिमा मूल्यदर नियन्त्रण गर्न पनि सहयोग पुग्ने विश्वास साझा पसलको छ । साझा पसलले अस्पताललाई भाडा वापत औषधि विक्रीको ३ प्रतिशत बुझाउदै आएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिव पौडेल बताउँछन् । विक्रीको ३ प्रतिशतले सरदर २० हजार पर्न आउने बताईन्छ । कुश्मा बजार क्षेत्रमा ९ सहित जिल्लाभर हालसम्मको रेकर्ड अनुसार करीव दुई दर्जन औषधि पसलहरु रहेको जिल्ला अस्पतालका प्रशासन अधिकृत पोषनाथ शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने