असोज १ पर्वत ।नियम विपरित औषधि विक्री र स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै आएका औषधि पसलेहरुले सच्चिनुको बदला हारगुहार गर्दै छन् । नेपाल औषधि व्यवसायी संघ धौलागिरि अंचल शाखाले समाचारको विषयलाई लिएर प्रेस विज्ञप्ति निकालेको छ । संघले औषधि पसलेहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १ पर्वत ।नियम विपरित औषधि विक्री र स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै आएका औषधि पसलेहरुले सच्चिनुको बदला हारगुहार गर्दै छन् । नेपाल औषधि व्यवसायी संघ धौलागिरि अंचल शाखाले समाचारको विषयलाई लिएर प्रेस विज्ञप्ति निकालेको छ । संघले औषधि पसलेहरु"/>
2026-09-19 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

औषधि पसलेहरु सच्चिनुको बदला हारगुहारमा


असोज १ पर्वत ।नियम विपरित औषधि विक्री र स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै आएका औषधि पसलेहरुले सच्चिनुको बदला हारगुहार गर्दै छन् । नेपाल औषधि व्यवसायी संघ धौलागिरि अंचल शाखाले समाचारको विषयलाई लिएर प्रेस विज्ञप्ति निकालेको छ । संघले औषधि पसलेहरुको बचाउ गर्न खोजेको देखिन्छ ।
    प्रेस विज्ञप्तिमा औषधि पसलहरु नियमकानूनको परिधिमा रही व्यवसाय संचालन गरेको दावी गरेपनि औषधि विक्री गर्ने मात्र स्वीकृति लिनेले विरामीको चेकजाँच गर्दै आएको जिल्ला प्रशासनको अनुगमन रिपोर्टको कुरालाई महत्व दिईएको छैन । यसै विज्ञप्ति मार्फत् जीवन रक्षाका अत्यन्तै संवेदनशील सेवामुलक व्यवसाय अपनाई रहेका सम्पूर्ण औषधि व्यवसायीहरुले त्रुटि रहित सेवा प्रदान गर्न तल्लीन रहुनु हुन संघले अनुरोध गरेको छ ।         औषधि र औषधिजन्य वस्तुहरुका साथै सर्जिकल उपकरणहरु सवै नेपाल सरकारले तोकेको दररेटमा निश्चित मुनाफा लिई औषधि व्यवस्था विभागबाट मान्यता प्राप्त औषधिहरु मात्र विक्री    वितरण गर्दै आईरहेको पनि संघले सम्वन्धित सवैमा जानकारी गराउँछ भनिएको छ ।
     यति भनिरहदा विरामीलाई सस्तो र केही प्रतिशत छुटमा पनि औषधि विक्री गरिने कुरा कहिकतै उल्लेख गरिएको विज्ञप्तिमा छैन ।
    संघको यो विज्ञप्ति केही औषधि पसलेहरुले गर्दै आएको कानून विपरितका कार्यलाई यस पत्रिका मार्फत् भण्डारफोर गरिएपछि आएको हो । औषधि पसलेहरुले स्वास्थ्य सेवाका नाममा कानून विपरित ईसिजी, भिडियो एक्स रे, एक्स रे लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको बारे विज्ञप्ति मौन छ । विज्ञप्तिमा औषधि पसलेहरुको अनुगमन भएको र पेशामा संवेदनशीलता देखाएको दावी गरेपनि औषधि विक्री गर्ने मात्र भनी अनुमति लिएकाहरुले    विरामीको खुलेआम स्वास्थ्य परीक्षण गर्दै आएका छन् । मुनाफा कमाउनै भनेर आवश्यक भन्दा बढी औषधि विक्री गरिने गरेको छ । असुरक्षित रुपमा गरिने एक्स रे मार्फत् क्यान्सरका विकिरण फैलाइराखेका छन् । यसबारे संघ मौन छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको औषधि पसलहरुको अनुगमनमा प्रशस्तै लापरबाही पाइएको छ । विगत २०७१ सालमा     गरेको अनुगमनलाई औषधि पसलेले टेरपुच्छर लगाएको पाईदैन भने केही हप्ता पहिले भएको अनुगमनमा पनि औषधि पसलेले सच्चिएर आफ्नो पेशामा संवेदनशीलता देखाएको पाइदैन ।
     केही ईमान्दार औषधि पसलेहरुले समेत कानून विपरित कार्य गर्ने औषधि पसलेका विरुद्ध कारवाही हुनुपर्ने बताएका छन् तर कारवाही गर्ने स्थानीय निकाय मौन बस्दै आएको छ भने संघले स्वास्थ्य क्षेत्रमा गलत कार्य गर्दै आएका औषधि पसलेलाई खवरदारी गर्न समेत सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो