2026-11-02 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

पुस १०, दाङ । राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिले उहाँ मानसिकरूपमा स्वस्थ हुँदै जानुभएको छ । “म घर छाडेर हिँडिरहेको अवस्थामा उहाँहरूले देखेर ल्याउनुभएछ, ल्याएको पनि मैले थाहा पाइनँ”, उहाँले भन्नुभयो, “अहिले म सबै थाहा पाउने भएकी छु ।” 

त्यस्तै तुलसीपुर–१२ जसपुर निवासी जयसरा भण्डारी पनि भौँतारिएर हिँडिरहनुभएको थियो । त्यही क्रममा आश्रमले उद्धार गरेर अहिले एक वर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुपै्र मानसिक रोगी, साहाराविहीन, सुस्त मनस्थिति भएकालाई उद्धार गरेर उपचार तथा पालनपोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सिर्जना अधिकारीका अनुसार यसरी बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनःमिलन गराउने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेस्म्म २० भन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको बताउनुभयो । “हामीले ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०–२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उहाँको भनाइ छ । 

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेको प्रमुख अधिकारीले बताउनुभयो । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगी दातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाइ छ । अहिले तुलसीपुर शाखामा दुई जना केयरगिभर, एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई  नर्स सहयोग गरेको छ । आश्रमको १६  जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द