Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भोलीदेखि दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि भने दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन्

अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेकाे छ ।

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । पाँच करोड २० लाख रुपैयाँ लागतमा प्रदेश सभा भवन तयार भइसकेको छ । लुम्बिनी प्रदेश सभाको बैठक पनि स्थायी राजधानी दाङमा नै बस्दैछ ।

प्रदेश सभा सचिव पुनमगरले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको जानकारी दिनुभयो । पुस १५ गतेदेखि २१ गतेको बीचमा नै शपथ ग्रहण गराउने तयारी छ ।