Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सभापतिको फोन कुरें आएन, अपमानित महसुस गरेर पोखरा आएँ : गगन थापा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आएको बताएका छन्। पोखराको साहित्य सम्मेलनमा बोल्दै उनले आफूले गठबन्धनमा छलफलअघि पार्टीमा छलफल हुने अपेक्षा राखेको बताए।

गठबन्धनको बैठकअघि सरकार निर्माणका विषयमा देउवाले पार्टीमा छलफल गर्ने र पार्टीमा छलफल गर्दा महामन्त्रीहरुलाई बोलाइने आफूले ठानेको बताए।

'सभापतिले पार्टीमा छलफल गर्छु र त्यसपछि गठबन्धनमा निर्णय गर्छु भन्नुहोला। पार्टीभित्र म पनि पर्छु भन्ने ठानेको थिएँ,' उनले भने, 'पार्टी अफिस भए म आफैं जान्थें। बालुवाटार निवास हो। निवासमा नबोलाइ जाने कुरा भएन। निवासमा नबोलाइ जाने कुरा भएन।  टेलिफोन कुरेर मैले १० बजेको प्लेन टिकट १२ र १२ बजेको प्लेन टिकट २ बजेलाई सारें।'

थापाले आइतबारको घटनालाई एउटा प्रकरणका रुपमा बुझ्न कार्यकर्तालाई आग्रह गरे। फेरि कांग्रेसलाई उठाउन आफूहरु लागिपर्ने बताए।