१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्षीय बालक निरजको शिक्षकबाटै अपहरण र हत्या भएको दाबी

१३ पुष २०७९, बुधबार ०७:२२

पुस १३, पर्सा | गत मंसिर ५ गते अपहरित वीरगन्ज-२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निरजकुमार पासवानको अपहरणपछि हत्या भएको थियो । उनको अपहरण र हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल दिलीपप्रसाद पटेलसहितको समूहले गरेको प्रहरीले दाबी गरेको छ । 

निरजको हत्याको आरोपमा पर्सा धोबिनी गाउँपालिका १ का ३० वर्षीय दिलीपप्रसाद पटेल र वीरगन्ज-१७ अलौका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादवलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । दिलीप निरज पढ्ने गुरुकुल पन्ना मेमोरियल इङ्ग्लिस स्कुलका गणित विषयका शिक्षकसमेत हुन् ।


कक्षा ८ मा अध्ययनरत बालक निरज मंसिर ५ गते दिउँसो २ बजे अपहरणमा परेका थिए । निरजको शव पुस १० गते साँझ ५ बजे वीरगन्ज-२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल स्कुलको पुरानो भवन अगाडि सेप्टिक ट्यांकीभित्रबाट प्रहरीले सडेगलेको अवस्थामा फेला पारेको थियो । मृतक बालकको पहिचान उनको कपडाबाट भएको थियो ।

अपहरणपछि आरोपिहरूले अपहरित बालक निरजकुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर राखेका थिए । बालकले सोही दिन आफूलाई बाँधिएको डोरी फुकाई भाग्न खोज्दा अपहरणकारीले आफ्नो पहिचान खुल्न सक्ने डरले बालकको हत्या गरेको देखिन आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

प्रहरीले उनीहरूको साथबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिमकार्डसहितको १ थान मोबाइल, मृतक बालकको निलो रंगको जिन्स पाइन्ट, खैरो रंगको पेटीसमेत बरामद गरेको छ ।

बालकका बुबा श्रीराम हजरा दुसादसँग अपहरणकारीले टेलिफोनबाट फिरौती माग गरे पनि लिन नपाएको डीएसपी गिरीले बताए । ‘अपहरण परेलगत्तै बालक भाग्न खोज्यो,’ उनले भने, ‘अनि आफ्नो पहिचान खुल्ने डरले शिक्षक र उनका सहयोगी भई बालकको हत्या गरे ।’ घटनामा संलग्न अर्का एकको खोजी प्रहरीले गरिरहेको छ ।

बालकका बुबा श्रीरामको आर्थिक अवस्था खासै बलियो नरहेको तर हाल एकीकृत सुरक्षा जाँच चौकीले अधिग्रहण गरिरहेको जग्गामा उनको पनि जग्गा परेको र उनले ठूलो रकम मुआब्जा पाएको हल्ला चलेपछि सोही रकमको लोभले बालकको अपहरण गरिएको हुन सक्ने डीएसपी गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह