प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गर"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

हिमगंगा यातायात प्रा.ली मन्थलीको औपचारीक उद्घाटन

१ आश्विन २०७३, शनिबार १२:५५

प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गरेका छन् । विश्वकर्मा पुजाको अवसरमा आज सदरमुकाम मन्थलीमा हिमगंगा यातायात प्रा.ली मन्थली रामेछापले आयोजना गरेको उद्घाटन कार्यक्रमका बत्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सवारीचालकको आचारण सभ्य हुनुपर्ने बताउनुभएको छ । सवारीसाधन चलेपछी गन्तव्यमा नपुगुञ्जेलसम्म यात्रुको ज्यान चालकको हातमा रहेको भन्दै उहाँले चालकले सुरक्षित यात्रा गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।त्यसैगरी नेकपा एमाले रामेछापका अध्यक्ष शान्तीप्रसाद पौडेलले रामेछापमा ट्राफिकले चिट काट्ने वातावरण नबनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । ट्राफिक प्रहरी राज्यको नीतिनियमलाई पालना गराउने सहयोगी मात्र भएको बताउदै उहाँले गल्ती नहुँदा उनीहरुसँग डराउन नपर्ने धारणा राख्नुभयो ।पौडेलले कच्ची सडकमा यात्रु ठगीने गरेको गुनासो आएकाले किलोमिटरको आधारमा रकम तोकेर सवारी साधनले भाडा लिनुपर्ने बताउनुभयो । बक्ताहरुले जिल्लामा नै दर्ता गरेर सवारी साधन चलाउदा उद्यमीहरुलाई समेत फाइदा पुग्ने बताएका थिए । 


यसैवीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले हिमगंगा यातायात प्रा.लीका सवारीचालक र व्यवसायीलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको छ । आफ्ना व्यवसायीहरुलाई सचेत गराउन कार्यक्रमको उद्घाटन सत्रको अन्तिममा प्रहरीसँग समन्वय गरेर अन्र्तक्रियाको आयोजना गरिएको हो । ट्राफिक नियमको पालना नगर्दा नै सडकमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिलेसम्मको अध्ययनले सवारीचालकको लापरबाहीले नै बढी दुर्घटना भएको देखाएको प्रहरीले जनाएको छ । तीव्रगतिमा सवारीसाधन चलाउने, जथाभावी गाडी रोक्ने, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने मादकपदार्थ सेवन गरेर गाडी हाँकेको अवस्थामा मात्र आफूहरुले कारवाहि गर्ने जानकारी दिएका छन् । उनीहरुले आफूले रहरले सवारीसाधनबाट राजस्व लिन नचाहेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान