२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड (भिडियो)

२०७९, १९ पुष मंगलवार ०६:०७

पुस १९, काठमाडौँ । एजेन्सी | विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ। अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि  साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ। उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ।


तीन पटक विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो। आज उनलाई समाधिस्थ  गर्नुअघि सान्तोसमा उनको शवयात्रा गरिनेछ। 'हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रंगशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौं,' श्रद्धाञ्जली दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने।

पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।  लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको थियो।

उनले सन् १९५८,१९६२ र १९७९ गरी तीनपटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए। पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। यो हालसम्मकै कीर्तिमान हो। उनले आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका छन्। जसमा १२८१ गोल गरे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ