२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

२० पुष २०७९, बुधबार ०२:५४

पुस २०, मिक्लाजुङ | पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र  अन्य दुई जना घाइते भएका छन् । 

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने  उहाँले बताउनुभयो । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो ।

स्थानीयवासी,  दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ) एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला