"व्यवस्थित परिवार स्वास्थ्य र विकासकाे आधार" भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम गुलरियामा तेस्रो परिवार नियोजन दिवस मनाइएको छ । यस सन्दर्भमा अाज विहान सदरमुकाममा प्रभात फेरीको अायोजना गरिएको थियो । परिवार स्वास्थ्सङ्ग सम्बन्धित नाराहरु लेखिएका प्लेकार्डहरु बोकेर विभिन्न निकायका व्यक्तित्वहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । जिल्ला अस्पतालबाट निस्केको प्रभात फेरीले नगरका विभिन्न भागहरु परिक्रमा गरेको थियो । तस्वीरहरु : प्रभात सुवेदी । असोज २, बर्दिया ।