६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेरिस फर्किएका मेसीलाई नेइमारले गरे स्वागत

२० पुष २०७९, बुधबार १२:०७

पुस २०, काठमाडौँ | फ्रान्सको राजधानी पेरिस फर्किएका विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसीलाई ब्राजिली स्टार नेइमारले स्वागत गरेका छन्। 

गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन्।


फ्रान्स फर्किएपछि मेसी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। त्यहाँ उनलाई ब्राजिली खेलाडी नेइमारलगायतले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेइमारको टोली ब्राजिल भने कतारमा गत महिना सम्पन्न २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। प्रमुख दाबेदार मानिएको ब्राजिल क्रोएसियासँग पराजित हुँदै बाहिरिएको हो।  

मेसीको टोली अर्जेन्टिनाले भने संयोगवश उनी व्यवसायिक फुटबल खेलिरहेको देश फ्रान्सलाई नै हराएर विश्वकपको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु