2026-06-23 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेरिस फर्किएका मेसीलाई नेइमारले गरे स्वागत

पुस २०, काठमाडौँ | फ्रान्सको राजधानी पेरिस फर्किएका विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसीलाई ब्राजिली स्टार नेइमारले स्वागत गरेका छन्। 

गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन्।


फ्रान्स फर्किएपछि मेसी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। त्यहाँ उनलाई ब्राजिली खेलाडी नेइमारलगायतले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेइमारको टोली ब्राजिल भने कतारमा गत महिना सम्पन्न २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। प्रमुख दाबेदार मानिएको ब्राजिल क्रोएसियासँग पराजित हुँदै बाहिरिएको हो।  

मेसीको टोली अर्जेन्टिनाले भने संयोगवश उनी व्यवसायिक फुटबल खेलिरहेको देश फ्रान्सलाई नै हराएर विश्वकपको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत