Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

१८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन

२०७९, २१ पुष बिहीबार ०३:२५

पुस २१, कटारी | उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । 

कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०÷५० प्रतिशत गरी रु १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो । वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन । “यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौँ”, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष तामाङले भन्नुभयो, “यो कटारीकै महत्वपूर्ण शीतभण्डार हो यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।”

सामान्य ट्रस भवन निर्माण गरेर खुल्लै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ । “यसको परीक्षणसमेत गरिएको छैन सञ्चालन हुन्छ हुँदैन थाहा छैन”, स्थानीय भरत खत्रीले भन्नुभयो, “अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन शीतभण्डार बिग्रिसक्यो ।”

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी,  अदुवा विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश