प्रकाश धौलाकोटी । असोज २, तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा पुर्व क्षेत्रकै सबैभन्दा कम अपराधिक गतिविधि हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । असोज २, तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा पुर्व क्षेत्रकै सबैभन्दा कम अपराधिक गतिविधि हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालय"/>
2026-08-16 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम पुर्वान्चलकै सबैभन्दा कम अपराध हुने जिल्ला

प्रकाश धौलाकोटी । असोज २, तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा पुर्व क्षेत्रकै सबैभन्दा कम अपराधिक गतिविधि हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷०७३ भित्र तेह्रथुममा ७३ वटामात्रै अपराधिक घटना भएका छन् ।

जुन पुर्व क्षेत्रका जिल्लाहरुमध्ये सबैभन्दा कम हो । जिल्लामा एक वर्षभित्र भएका ७३ वटा घटनामध्ये अधिकांश जबरजस्ती करणी, जबरजस्ती करिणी अभियोग र आत्महत्याका घटना बढी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभयो । 

‘क्षेत्रफलमा सानो र थोरैमात्र जनसंख्या भएको यो जिल्लामा त्यतिधेरै अपराधिक घटना हुँदैनन्, प्रहरी निरीक्षक पुरीले भन्नुभयो, ‘भएमध्ये सबैभन्दा बढी आत्महत्या, केही जबरजस्ती करणी र बाँकी सामान्य सार्वजनिक अपराध र हात हतियारसँग सम्बन्धित छन् ।’ प्रहरीका अनुसार पुर्वमा सबैभन्दा बढी झापामा एक हजार एक सय वटा अपराधिक गतिविधि भएका छन् । 

त्यस्तै, भोजपुरमा ९३, सोलुखुम्बुमा एक सय एक, ओखलढुंगामा एक सय आठ, धनकुटामा एक सय १८, इलाममा तीन सय १२, ताप्लेजुङमा एक सय ३९, खोटाङमा एक सय ४१, संखुवासभामा एक सय ७९, उदयपुरमा दुई सय ७४ अपराधका घटना भएको प्रहरीको भनाइ छ । सुनसरीमा एक हजार चार सय ४९, झापामा एक हजार एक सय ९६, मोरङमा नौ सय ४५, सप्तरीमा चार सय ४५, सिरहामा पाँच सय २३ अपराध भएको प्रहरी तथ्यांक छ ।

तर, अपराधको संख्याकै आधारमा जिल्लाको मूल्यांकन गर्न नमिल्ने पूर्वक्षेत्रका डिआइजी केशरी घिमिरेले बताउनुभयो । पहाडी जिल्लाहरुमा भएका अधिकांश घटनाहरुमध्ये सामान्य किसिमका अपराधहरु बढी भएको घिमिरेले जानकारी दिनुभयो । 

अपराधकै आधारमा भने पुर्वको सुनसरीमा गम्भीर प्रकृतिका घटनाहरु बढी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपराध बढी हुने जिल्लामापनि काठमाडौँपछि सुनसरी परेको छ । यस्तै पश्चिमी जिल्लाहरुमा भन्दा पुर्वकै जिल्लाहरुमा बढी अपराध हुने गरेको समेत प्रहरी तथ्यांकमा देखिएको छ ।

प्रहरीले १० बढी अपराध हुने जिल्लामा काठमाडौं ४९१७, सुनसरी १४४१, चितवन १२४१, झापा ११९६, रूपन्देही ११७९, मोरङ ९४५, कास्की ९५८, ललितपुर ९०२, पर्सा ७०६ र बाँके ७४४ रहेको जानकारी दिएको छ । यस्तै थोरै अपराध भएका जिल्लाहरूमा मनाङ ११, हुम्ला १४, मुस्ताङ २०, मुगु ३५, डोल्पा ३८, रसुवा ४५, दार्चुला ५०, बाजुरा ६०, डोटी ६३ र डडेल्धुरा ६६ रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट