प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनु"/>
2026-10-17 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने बताउनुभयो ।

 सरकारले यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारसँगै त्यस क्षेत्रमा पुर्वाधार विकासमा समेत जोड दिने बताउनुभयो । शनिबार लालीगुराँस नगरपालिका स्थापनाको दोश्रो वर्ष प्रवेशको अवसरमा आयोजित समारोहमा बोल्दै राज्यमन्त्री जवेगूले नगरपालिकाको भवन तथा जिल्ला विकास समितिको भवन निर्माणलाई प्राथमिकता दिने बताउनुभयो । 

कार्यक्रममा स्थानीय निकाय पुनर्संरचना गर्दा लालीगुराँसलाई नगरपालिका नै कायम राख्न गरेको मागप्रति आफु सकारात्मक रहेको भन्दै त्यसकालागि सक्दो पहल गर्ने बताउनुभयो । नगरपालिका बन्ने भविष्य तपाईहरुसँग छ, तर अहिले खाली पुर्वाधार नभएको मात्रै हो, त्यसको विकासमा तपाईहरु ध्यान दिनुस्, उहाँले भन्नुभयो । 

राज्यमन्त्री जवेगूले लालीगुराँस अहिले गाउँपालिका नै भएपनि भविष्यमा नगरपालिका बन्नेमा कुनै शंका नभएको बताउनुभयो । उहाँले यहाँको नगर विकासको अवधारणाको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, माओवादी केन्द्रिय सदस्य तथा तेह्रथुम अध्यक्ष दुर्गाप्रसाद चापागाई र नगर विकास समितिका अध्यक्ष अर्जुनबाबु माबोहाङले नगरपालिकालाई वार्षिक उत्सवका अवसरमा शुभकामना दिनुभएको थियो । 

वार्षिक उत्सवका अवसरमा नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण गर्न विशेष योगदान गर्ने लालीगुराँस नगरपालिका वार्ड नं. २ निवासी उदयबहादुर खड्का र भीमबहादुर सुवेदीलाई कदर पत्रसहित सम्मान गरेको छ । यस्तै सो अवसरमा आयोजित विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रममा रत्न उच्च मावि सोल्मा प्रमुख, बसन्त उच्च मावि द्धितीय, बसन्त सदन अंग्रेजी आवासीय मावि बसन्तपुर तृतीय भएका छन् । विजयीहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

 यस्तै सहभागी सबैलाई समेत सान्त्वाना पुरस्कारको व्यवस्था गरिएको थियो  । उत्सवका अवसरमा नगरपालिकालाई हालै प्राप्त भएको दमकलको चाबी प्रमुख अतिथि राज्यमन्त्री जवेगूले नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गर्नुभयो ।

 कार्यक्रम राज्यमन्त्री जवेगूको प्रमुख अतिथ्यता तथा नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरको पहिलो वार्षिक उत्सवका अवसरमा नगरबासीले ढोल नाच, हुर्रा नाँच, नौमती बाजा, संगिनी नाच, साकेला र सेलो सहितको र्यालीले बजार परिक्रमा गरेका थिए । वर्षाका कारण मुख्य चौकमा हुने भनिएको कार्यक्रम निर्माणाधीन सामुदायिक भवनमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु