२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा पहिराले पैदलमार्ग अरुद्ध

२ आश्विन २०७३, आईतवार ११:१२

असोज २, धादिङ । उत्तरी धादिङका पाँच गाविसका लागि जाने एक मात्र पैदलमार्ग दुई दिनदेखिको लगातारको वर्षाले अवरुद्ध भएको छ । 

जिल्लाको उत्तरी सडकले नछोएका गाविस झर्लाङ, लापा, रि, तिप्लिङ र सेर्तुङ जोड्ने बाटो पहिरो झरेर बन्द भएको हो । दार्खा गाविस वडा नं १ मौवा भिरमा पहिरो गएर मानिस आवतजावत गर्न नसकेको स्थानीयवासी शिक्षक नवराज गिरीले जानकारी दिनुभयो । 

वर्षा लागेपछि सानो पहिरो गएर हिँड्नमा कठिनाइ आएको सो बाटामा दुई दिनदेखिको अविरल वर्षाले अर्को पहिरो आएपछि सो क्षेत्रमा आवतजावत बन्द भएको हो । 

पाँच गाविसका अनुदान सम्झौताको रकम लिन सदरमुकाम आएकाहरु दार्खामै पहिरो रोकिने समय कुरेर बसेका छन् । गाउँबाट सदरमुकाम हिँडेकाहरु समेत बाटामै रोकिएको गिरीको भनाइ छ । धादिङबेंसी– तिप्लिङ सडक अन्तर्गत सो स्थानमा केही समयअघि डोजर लगाएर बाटो खनिएकामा पहिरो गएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह