2026-08-29 07:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा पहिराले पैदलमार्ग अरुद्ध

असोज २, धादिङ । उत्तरी धादिङका पाँच गाविसका लागि जाने एक मात्र पैदलमार्ग दुई दिनदेखिको लगातारको वर्षाले अवरुद्ध भएको छ । 

जिल्लाको उत्तरी सडकले नछोएका गाविस झर्लाङ, लापा, रि, तिप्लिङ र सेर्तुङ जोड्ने बाटो पहिरो झरेर बन्द भएको हो । दार्खा गाविस वडा नं १ मौवा भिरमा पहिरो गएर मानिस आवतजावत गर्न नसकेको स्थानीयवासी शिक्षक नवराज गिरीले जानकारी दिनुभयो । 

वर्षा लागेपछि सानो पहिरो गएर हिँड्नमा कठिनाइ आएको सो बाटामा दुई दिनदेखिको अविरल वर्षाले अर्को पहिरो आएपछि सो क्षेत्रमा आवतजावत बन्द भएको हो । 

पाँच गाविसका अनुदान सम्झौताको रकम लिन सदरमुकाम आएकाहरु दार्खामै पहिरो रोकिने समय कुरेर बसेका छन् । गाउँबाट सदरमुकाम हिँडेकाहरु समेत बाटामै रोकिएको गिरीको भनाइ छ । धादिङबेंसी– तिप्लिङ सडक अन्तर्गत सो स्थानमा केही समयअघि डोजर लगाएर बाटो खनिएकामा पहिरो गएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो