१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा एमाले नेता राजेन्द्र रावललाई २९ सांसदको समर्थन

२७ पुष २०७९, बुधबार ११:४३

पुस २७, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाएपछि रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।


उनले २९ सांसदको समर्थन लिएर मुख्यमन्त्री बन्दैछन्। कूल ५३ सिट रहेको सुदूरपश्चिममा गठबन्धनका तर्फबाट २९ सांसदले समर्थन जनाएका हुन्। जसमा नेकपा माओवादी केन्द्रका ११ सांसद, नेकपा एमालेका १० सांसद, नागरिक उन्मुक्तिका ७ सांसद र राप्रपाका एक सांसद रहेका छन्। 

यसअघि नागरिक उन्मुक्तिले शर्त राखेपछि सरकार गठन अन्योल बनेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिए।

उनले सरकारको समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षमा बस्ने बताइन्। रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत भने नदिने अध्यक्ष चौधरीको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल