भालुवाङमा सञ्चालन हुने सुचना तथा व्यपारिक मोहत्सवको चौतफी बिरोध, तत्काल मोहत्सवको मिति सार्न माग
सन्तोषकुमार गुप्ता । देउखुरी, २ असभालुवाङबाट प्रकाशित हुदै आए राप्तीद्धार राष्ट्रिय साप्ताहिकको आयोजनामा असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म देउखुरीको भालुवाङमा सञ्चालन गर्न लागेको सुचना तथा व्यापारिक मोहत्सव प्रति राप्ती उद्योग बाणिज्य संघले तत्काल मोहत्सव स्थगीतको माग गदै आईतबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय उद्योगी, व्यपारी, उद्योग बाणिज्य संघ, राजनितिक दलहरु संग कुनै समन्वय नै नगरी आफू खुसी स्थानिय व्यपार व्यवसाय धराप पार्ने गरी मोहत्सव सञ्चालन गर्न खोजेको भन्दै तत्काल मोहत्सव स्थगीतको माग गदै उद्योग बाणिज्य संघको एक टोलीले प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सो ज्ञापन पत्र बुझाएको हो । नेपालीहरुको महान् चार्ड दशै, तिहार र छड पर्व जस्तो महत्वपूर्ण चार्डबार्डको बेला मेला लगाउँदा बाह्य व्यपारीहरुको आगमन हुने र स्थानिय व्यपार, व्यवसाय कमजोर तथा ह्रास आउने भन्दै तत्काल मोहत्सव सञ्चालन नगर्न भन्दै चार्डपर्वका समयमा स्थानिय बजार व्यवसायलाई बलियो तथा स्थानिय सरोकारवाला निकाय तथा स्वम् व्यपारीहरु संग समेत छलफल नै नगरी तोकिएकै मितिमा मोहत्सव सञ्चालन गरे त्यसबाट उत्पन्न हुने समस्या, घटना, दुर्घटना र हानी नोक्सानी प्रति स्वम् आयोजक र सम्बन्धित निकाय जिम्मेवार हुने चेतावनी समेत दिएको छ । साथै त्यसरी जवरजस्त सञ्चालन गरिएको मोहत्सव प्रति संघले कडा आपत्ति प्रकट गर्नुका साथै कुनै सहयोग र समर्थन नरहने समेत जानकारी दिएको छ । मोहत्सव सञ्चालन गर्नु स्वागतयोग्य बिषय भए पनि स्थानिय उद्योगी, व्यपारी, राजनितिकदल, स्थानिय संघ, संस्थाहरु संग आवश्यक समन्वय तथा छलफलबाट गरेको खण्डमा मात्र हाम्रो साथ, सहयोग र समर्थन रहने संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।
हामीले तत्काल स्थानिय मोहल ठीक नभएको र चार्डबार्ड पनि नजिकै आई सकेकाले चार्डपर्व पछि मात्र मोहत्सव सञ्चालन गर्न माग गरेका हौँ डिसीले भने । त्यसका लागि पनि चार्डपर्व पछि स्थानिय प्रशासन, उद्योग बाणिज्य संघ, राजनितिकदल, उद्योगी, व्यापारीहरुको सहमतिमा सञ्चालन गर्न हामीले भनेका हौँ अध्यक्ष डिसीले भने । यता ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले आपसी सहमतिमा मोहत्सव मात्र सञ्चालन गर्न सकिने बताए । उनले स्थानिय शान्ति सुरक्षा तथा समाजिक मर्यादामा बाधा नपर्ने गरी नियम अनुसार मोहत्सव सञ्चालनका लागि अनुमति दिएको भए पनि उद्योगी, व्यापारीहरुको बिरोध आए पछि अब पुर्नर बिचार गर्ने जानकारी दिए । मोहत्सव सञ्चालनकै कारण झडप तथा घटना घट्ने परस्थीति सिर्जना भएको खण्डमा तत्कालका लागि मोहत्सव सञ्चालन गर्न नसकिने काफ्लेले बताए । यस बिषयमा आयोजक संघ छलफल गरी मोहत्सवमो मति सार्ने तथा उत्पन्न समस्याको बिषयमा छलफल गरी आवश्यक निर्णय लिने समेत काफ्ले बताए । संघका अध्यक्ष ताराबहादुर डिसीको नेतृत्वमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, बरिष्ठ उपाध्यक्ष रिखिराम आचार्य, सचिव प्रेमबहादुर केसी, सदस्य हरिप्रसाद श्रेष्ठ, संघका पूर्व महासचिव लेखनाथ भुसाल, होटेल व्यवसाय भिर्मार्जुन सुवेदी र कार्यालय प्रमुख सन्तोषकुमार योगी सहितको टोली जिल्ला प्रशासन कार्यालय दाङ पुगेको थियो । यता भालुवाङका उद्योग व्यापारीहरुले जर्वजस्ती मोहत्सव सञ्चालन गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिंदै आएको छन् ।