2026-08-24 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

पुस २९, काठमाडौं | पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ। 

रोनाल्डोलाई अल नासारले किर्तिमानी मुल्यमा अनुबन्ध गरेसँगै अल नासारकै अर्को प्रतिद्वन्द्वी अल हिलाल मेस्सीलाई भित्राउने कसरतमा जुटेको छ। 

रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ। 

धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्। 

अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ। 

आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्। 

अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ। 

साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन