६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

२९ पुष २०७९, शुक्रबार ०९:०२

पुस २९, काठमाडौं | पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ। 

रोनाल्डोलाई अल नासारले किर्तिमानी मुल्यमा अनुबन्ध गरेसँगै अल नासारकै अर्को प्रतिद्वन्द्वी अल हिलाल मेस्सीलाई भित्राउने कसरतमा जुटेको छ। 


रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ। 

धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्। 

अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ। 

आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्। 

अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ। 

साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु