११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाग्रस्त विमानमा परिवारसहित सवार थिए, ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ

१ माघ २०७९, आईतवार ०९:१७

माघ १, पोखरा | पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरे ।

उनीहरुसँगै १० महिनाको बच्चा पनि रहेको पौडेलले बताए । उनले डाक्टर श्रेष्ठको परिवारसहित गण्डकी अस्पतालमा बसिरहेको बताए । डा. श्रेष्ठ पोखरा निवासी हुन् ।

‘मैले पनि उहाँहरु सोही जहाजबाट पोखरा आउँदै गरेको जानकारी पाएको थिएँ । उहाँको बुबासहित परिवारका सदस्य अहिले गण्डकी अस्पतालमा हुनुहुन्छ’, डा. पौडेलले भने, ‘उद्धारकार्य जारी रहेकाले थप केही भन्न सकिने अवस्था छैन ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीले डा. श्रेष्ठले घर जान विदा लिएको बताए । डा. श्रेष्ठ दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह