१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश पोखरा जहाज दुर्घटनामा बिते

२ माघ २०७९, सोमबार ०७:०५

माघ २, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् । उनि आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।

ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए । थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । डा. थापाकी बहिनी यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।


पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा. थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए । चिकित्सक समेत रहेकी डा. थापाकी पत्नी रोनी महर्जन र २ वर्षीया छोरी काठमाडौंमा बस्थे । उनकी पत्नी महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छन् ।

बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका १ मात्र छोरा थिए डा. गणेश । चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर छोरालाई चिकित्सक पढाएका थिए । दुर्घटनामा छोराको मृत्यु भएको खबर बुचा परिवारले पत्याउन सकेका छैनन् । 

काठमाडौंमा शव बुझेपछि उनको दाहसंस्कार गर्न रुपन्देही ल्याउने तयारी भइरहेको छ । डा. गणेशले विद्यालय तह रुपन्देहीको सिद्धार्थ बोर्डिङ स्कूल र प्लस टु बुटवलको ग्लोरियस कलेजबाट गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?