१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

५ माघ २०७९, बिहीबार ०८:५४

माघ ५, धुलिखेल | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । 

नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । 

सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका स्वयंले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ । 


तत्कालन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । जसअनुसार यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकामा त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।

अटेर गरी यस्ता क्रियाकलाप गर्ने सवारी चालक तथा यात्रुलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने उक्त समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी सवारी चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । 

नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ल, पालिकाका कर्मचारी, प्रहरीचौकी भकुण्डेबेंसीका इञ्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै नियम पालन गर्न आग्रह गर्नुभएको थियो । नियम पालना गरे÷नगरेको निगरानी गरी नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जनाएको छ । राजमार्ग सरसफाइका लागि नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह