2026-09-18 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

सामाजिक सञ्जालबाट ब्ल्याकमेल र ठगी, १९ र १७ वर्षका २ युवक पक्राउ

माघ ५, काठमाडौँ | सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोटका १९ वर्षका विवेक आचार्य र १७ वर्षका अर्का एक जनालाई पक्राउ गरेको छ । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको हो ।

उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भनेर धम्की दिने गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । त्यस्तै उनीहरुले सामाजिक सञ्जालको एकाउन्टको पासवर्ड मागेर आफैं चलाउने र ब्ल्याकमेल गरी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग मार्फत ठगी गरेको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको प्रहरी उपरीक्षक रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया