2026-06-29 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल

माघ ६, काठमाडौँ | स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलित अल स्टार्सलाई ५–४ गोलले हराएको छ ।  

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।


खेलको दोस्रो मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए | खेलको ३१ औ मिनेटमा अल स्टार्सले पाएको पेनाल्टीलाई कप्तान रोनाल्डोले सदुपयोग गर्दै ३४ मिनेटमा बराबरी गोल फर्काएका थिए |

खेलको पहिलो हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सीमित बनेको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मर्किन्योसले ४२ मिनेटमा पुन: पिएसजीलाई अग्रता दिलाएका थिए |


पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दा खेललाई २-२ को बराबरीमा ल्यए | सर्जियो रामोसले ५३ मिनेटमा गोल गर्दा पिएसजीलाई ३-२ को अग्रता दिलाए | त्यसको तीन मिनेट नबित्दै अल स्टार्सका हेयोन सो जाङले गोल गर्दा खेललाई ३-३ बराबरीमा ल्याए | एम्बाप्पेले ६० मिनेटमा पेनाल्टी मार्फत पिएसजीका लागि चौथो गोल गरे | त्यस पछि हुगो इकिटिकीले ७८ मिनेटमा गोल गर्दै पिएसजीलाई ५-३ को अग्रता दिलाए |

खेलको इन्जुरी समयमा अल स्टार्सका एन्डर्सन टालिस्काले गोल गर्दा ५-४ को स्थितिमा ल्याएका थिए | फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ