६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीकाे निष्कर्ष, प्रतिवेदन सोमबार सार्वजनिककाे तयारी

६ माघ २०७९, शुक्रबार ०९:०२

माघ ६, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ।

सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए। ‘त्यसमा खेलाडी, म्यानेजर,अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने। सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए।


‘आइतबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी थियो तर सार्वजनिक बिदा रहेछ। त्यसैले सोमबार सार्वजनिक हुनेछ,’ उनले भने। नेपाल टी-२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच भएको भन्दै कमेन्टेटर सचेन तिमल्सिनाले प्रतियोगिताबीचमै छाडेका थिए।

राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो। प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए। प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन्। एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ(क्यानले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ।

टेन्डर प्रकृया विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० ८ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो। सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ। फिक्सिङको शंकापछि आईसिसीको एन्टि करप्सन कमिटीको टोली पनि नेपाल आइपुगेको थियो।

प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको युनिटले उनीहरुलाई स्पट फिक्सिङबारे रिपोर्ट गरेको थियो। प्रतियोगिता दौरान शंकास्पद व्यवहार गर्नेलाई तत्कालै जिम्मेवारीबाट हटाइएको क्यानको दावी छ। सीआईबी स्रोतका अनुसार सेभेन थ्री स्पोर्टसका अधिकारीविरुद्ध पनि मुद्धा चल्न सक्ने स्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै