११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

६ माघ २०७९, शुक्रबार १२:०८

माघ ६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।

कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।

सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए । सो क्रममा केही सांसद उठेर मौन धारण गरे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसद उठेनन् ।

प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।

‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको कांग्रेस मधेशका सभापति यादवले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा भएको घटनाप्रति दुख व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह