२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

धुँवाले निस्सासिएर दाङमा एक मजदुरको मृत्यु, दुई जना अचेत

३ आश्विन २०७३, सोमबार ०६:०७


सन्तोषकुमार गुप्ता । असोज, ३ दाङ । धुँवाले निसासिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ भने थप दुईजना अचेत छन् ।

सल्यान जिल्ला फलावाङ गाविस वडा नं. ८ निवासी ५० वर्षीय इन्द्रलाल विष्टको लामखुट्टे धवाउन कोठामा बालेको भुसे चुलोको धुँवासले निसास्सिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सञ्तोष रोकाले जानकारी दिए ।

कामको सिलसिलामा दाङ तुलसीपुर नगरपालिका वडा नं. ३ श्रीगाँईमा डेरागरी बस्दै आएका थिए । कोठामा झ्याल नभएको र ढोका लगाएर भुसेचुलो बालेपछि कोठाभरी विषाक्त ग्याँस कार्वनडायअक्साड, मोनोअक्साईड भरिएपछि अक्सिजनको अभवामा विष्टको मृत्यु भएको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए ।

वष्टसंग कोठामा संगै सुतेका सल्यान फालावाङकै थप दुईजनाको अवस्था यो खबर तयारपार्दा सम्म होस खुल्न सकेको छैन । ३५ वर्षीय धर्म योगी र ३२ वर्षीय टोपबहादुर विकको अचेत अवस्थामा राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

विष्ट कोठा भित्रै सोमवार विहान मृत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका थप दुईजनालाई उद्धारगरी अस्पतालमा पुर्याईएको ईप्रका तुलसीपुरका निमित्त प्रमुख रोकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य