१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

८ माघ २०७९, आईतवार ०३:३३

माघ ८, कर्णाली | वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित  रत्न राजमार्गमा  सवारी साधन  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो । उक्त घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै