११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

८ माघ २०७९, आईतवार ११:३४

माघ ८, काठमाडौँ | मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ ।

महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । 


उहाँका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहनुभएकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना हुनुभएको छ ।

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच छलफल

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच आज छलफल भएको छ । मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो । 

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल गर्नुभएको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता